google-site-verification=I6NcqrtnMO_XJpTpI7TAJ9bOQcbZzU-tEhsNOL3Sa7g https://phtnepal.blogspot.com/google8f9efac89dfccb77.html https://phtnepal.blogspot.com/google8f9efac89dfccb77.html PHT Nepal : November 2017

Friday, 17 November 2017

कार्तिक २४, २०७४-राष्ट्रिय राजनीतिमा काँठ सधैं पछि परेको र आफ्ना ठाउँका मानिसले अवसरै नपाएको गफ

कार्तिक २४, २०७४-राष्ट्रिय राजनीतिमा काँठ सधैं पछि परेको र आफ्ना ठाउँका मानिसले अवसरै नपाएको गफ काँठका पसलहरूमा यतिबेला जतै सुन्न पाइन्छ । ‘काँठ सधैंको बत्तीमुनिको अँध्यारो हो,’ सूर्यविनायक ४ भक्तपुरका कृष्णभक्त श्रेष्ठ भन्छन्, ‘राजधानीलाई काँठले तरकारीदेखि दूधसम्म खुवाउँछ तर विचार भने सधैं सहरबाट काँठ छिर्छ ।’

राणा शासन अन्त्य भएपछिको झन्डै सात दशकको राष्ट्रिय राजनीतिमा काँठबाट जोगमेहर श्रेष्ठ, जगन्नाथ आचार्य र महेश बस्नेत मन्त्री बनेको सम्झँदा कृष्णभक्तको मन कटक्क खान्छ । ‘काँठ अब बदलिनुपर्छ,’ उनी भन्छन्, ‘आफ्नो नेतृत्व आफैं नगरे सधैं नै पछौटे भइरहनेछ ।’ काँठका अधिकांश गाउँमा नियमित सार्वजनिक यातायात समेत छैनन् । ‘बाटो बनाउने र गाडी चलाउनेलाई हो हाम्रो भोट,’ दधिकोटको तर्खगालस्थित चिया पसलका युवाहरू बिहीबार आपसमा गफिइरहेका थिए, ‘विकास नगर्ने नेतालाई हामी अब मान्दैनौं ।’

पूरै मुलुक चुनावी उत्सवमा झुमिरहेका बेला राजधानी उपत्यकाको काँठ क्षेत्रमा भने चुनावी पारो उति साह्रो उक्लिएको छैन । न त प्रतिबद्धताको पोको बोकेर उम्मेदवार पुगेका छन् न मतदाता शिक्षा कार्यक्रम लिएर सरकारी कर्मचारीहरू नै । स्थानीयहरूले रेडियो, टीभी र पत्रपत्रिकाबाट चुनावको गर्मी महसुस गरेका छन् । सामाजिक सञ्जालहरूको भूमिका पनि उत्तिकै प्रभावकारी बनेको छ । उम्मेदवारको राजनीतिक पृष्ठभूमिभन्दा पनि उनीहरूले अघि सार्ने विकासका मुद्दा र नियतप्रति स्थानीयहरूको बढी चासो छ ।

राजधानी सहरबाट केही किलोमिटरको दूरीमा रहेर पनि काँठ क्षेत्रका बाटाघाटा दूरदराजका जस्ता लाग्छन् । भूकम्पपछि घरआँगनमै भएका पानी मूलहरू पनि सुकेका छन् । जसका कारण जीवन थप कष्टकर बन्दै गएको छ । विगतका चुनावमा उम्मेदवारहरूले बाटोघाटो र पानीको सुविधा पुर्‍याउने प्रतिबद्धता नगरेका होइनन् । तर, ती प्रतिबद्धता चुनावी कोलाहलमै हराउन पुगे । यसले स्थानीयहरूमा चुनावप्रति नै वितृष्णा जगाउने काम गरेको छ । तिनैमध्येकी हुन्, ललितपुर, लुभुकी करुणा घिमिरे । ‘मलाई त भोट हाल्न जान पनि मन छैन । तर, अरूले कर गर्छन् । चुनावको बेला ठूलाठूला कुरा गर्छन् । पछि कसैले पनि ती कुरालाई चासो दिँदैन,’ घिमिरेले भनिन्, ‘जसले जिते पनि हुनेवाला केही छैन । आफ्नो हकअधिकार हो भनेर मात्र भोट हाल्न जाने हो ।’ मतदाता शिक्षा र चुनावको प्रचारप्रसारप्रति राज्यका निकायहरू उदासीन भए पनि कस्तो उम्मेदवारलाई मत दिने भन्नेमा भने मतदाता सजग देखिन्छन् । उनीहरूमा पार्टी विशेष र सिद्धान्तप्रति खासै चासो देखिँदैन । यसअघिका निर्वाचित प्रतिनिधिहरूले आफ्ना प्रतिबद्धता पूरा नगरेका कारण पूरै मतदान प्रक्रियाप्रति उदासीन रहे पनि सँगै ‘गुलिया’ आश्वासनमा अलमलिन हुन्न भन्ने चेतना भने विकास भएको छ । ‘जितेकाले केही गर्छन् भन्ने त बच्चादेखि बुढापाकासम्मले पत्याउँदैनन् । त्यसैले मात्र भोट हाल्न गयो अनि फर्कियो,’ घिमिरेले भनिन्, ‘तर, मीठा कुरा गर्नेलाई भन्दा पनि जसले काम गर्छ जस्तो लाग्छ त्यसलाई नै भोट दिनुपर्ला ।’

खुमलटारस्थित पशु प्रजनन कार्यालयमा सुब्बाबाट सेवानिवृत्त थापागाउँ, गोदावरीका शिवराम केसी, ६४ को प्राथमिकतामा पनि विकास नै छ । बाटोघाटो, अस्पताल, पाटीपौवा, पानी, स्कुलको सुविधा, वृद्धहरूलाई सेवा जसले उपलब्ध गराउँछ त्यसैलाई छान्ने केसीले बताए । यी सबै काम स्थानीय तहले गर्ने भन्ने केसीलाई हेक्का छ । तर, माथिका सांसदहरूले पहल नगरिदिने हो भने स्थानीय तहबाट मात्र यी सबै काम हुन नसक्ने केसीको तर्क छ । ‘बाउले नगरे छोराले गर्छ, बाउ आफैंले गरेपछि छोरालाई अह्राउन सक्ने हो, त्यसपछि छोराले नगरेर सुख ?’ केसीले भने, ‘सांसदहरूले नै पहल गर्नुपर्छ विकासका लागि ।’

यस भेगको सबैभन्दा ठूलो समस्या भनेकै बाटोघाटो, पानी र यातायात छ । सामुन्नेको धूलो सडक देखाउँदै केसीले आक्रोश पोखे, ‘दसैंअगाडि नै पिच हुनुपर्ने सडक, अहिले पनि उस्तै छ ।’ अस्पताल जाँदा बुढापाकाले लाइन बस्न नपर्ने व्यवस्था हुनुपर्ने केसीको तर्क छ । यी मुद्दा त सांसदले भन्दा पनि स्थानीय तहले पो सम्बोधन गर्छ भन्ने प्रश्न गर्दा, ‘माथिबाट अनुगमन हुने हो भने यस्तो अचाक्ली भाउ नै हुँदैन, त्यो गराउने त सांसदले नै हो,’ केसीले जवाफ दिए, ‘त्यसैले जसले काम गरेन त्यसलाई चुनावमा हुत्याउने हो । सिद्धान्त, पार्टी र झन्डा समात्ने दिन गए ।’ विकाससँगै जनताको जीवन सहज बनाउन पनि सांसदहरूले भूमिका खेल्नुपर्ने केसीले बताए । ‘गोलभेंडाको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । तर, किसानले मोल पाएका छैनन्,’ केसीले भने ।

गोदावरी नगरपालिकाअन्तर्गतको बडिखेल ४, घट्टेकुलोमा दस वर्षदेखि चिया पसल चलाउँदै आएका छन् कुमार तिमिल्सिनाले । उनको पसल त्यस भेगका लागि राजनीतिक चियोचर्चा गर्ने गतिलो अड्डाका रूपमा चिनिन्छ । स्थानीयबीचको भेटघाटदेखि राजनीतिक कार्यकर्ताहरूको जमघटको केन्द्र हो उनको पसल । उम्मेदवार चयनको विषयमा तिमिल्सिना प्रस्ट देखिन्छन् । ‘न त खोक्रा आश्वासन न खसीकोको जस्तो मतको मोलमोलाइ, ती सबैका दिन गए,’ तिमिल्सिनाले भने, ‘राजनीतिक नाराभन्दा पनि विकासकै मुद्दालाई जसले विश्वसनीय ढंगले अगाडि सार्छ, त्यही उम्मेदवार र पार्टी रोजाइमा पर्छ ।’

महालक्ष्मी नगरपालिका, लामाटारकी जमुना चौलागाईंलाई उम्मेदवार र तिनका घोषणापत्रका कुरा त पर जाओस् केको चुनाव भन्ने समेत पत्तो छैन । न त कोही बताउन नै आएको छ । मंसिर २१ मा भोट हाल्ने मात्र थाहा छ उनलाई । तर, चुनाव आएसँगै बाटोघाटो र खानेपानीको अवस्थामा केही सुधार आउँछ कि भन्ने झिनो आशा जमुनालाई पनि छ । उनको चासो अस्वाभाविक पनि होइन । ललितपुरको लुभु भेगका स्थानीयले विगत लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएका छन् । राजधानीसँगै जोडिएको भए पनि दुर्गम जिल्लाका गाउँमा जस्तै पानीका लागि लामो पालो पर्खनुपर्ने बाध्यता छ । ‘बाटो बनाउने र पानी ल्याउनेलाई भोट दिने हो । अरू के पो चाहिन्छ र हामीलाई ?’ जमुनाले सुनाइन् ।

बाटोघाटो र खानेपानीका मुद्दा प्रदेश र केन्द्रको भन्दा पनि स्थानीय तहका हुन् भन्ने गोदावरी नगरपालिका ४ का ६५ वर्षीय साधुराम आचार्यलाई राम्रैसँग हेक्का छ । तर, केन्द्रमा जाने सांसदहरूको निर्देशनकै भरमा स्थानीय तह चल्ने हुँदा आउने चुनावमा पनि विकासको एजेन्डालाई कसले गतिलोसँग उठाउँछ त्यसैलाई मत दिने केसीको तर्क छ । पञ्चायतकालदेखि नै मत खसाल्दै आएका आचार्यलाई पार्टी र तिनका नाराप्रति खासै चासो छैन । ‘मुख्य कुरा कसले काम गर्ला जस्तो छ त्यसैलाई छान्ने हो । पार्टीभन्दा पनि व्यक्तिलाई छानिन्छ’ आचार्यले भने, ‘बाटाघाटो बनाउने, पानीको व्यवस्था जसले सहज बनाउँछ उसैलाई मत दिने हो ।’ आगामी चुनावमा मत पाउनेले प्रतिबद्धताअनुसार विकास नगरेको खण्डमा अर्को पटक कुनै हालतमा त्यो उम्मेदवारलाई मत नदिने भन्दै आचार्यले अडान सुनाए ।

Thursday, 9 November 2017

काँठमा बढ्यो चुनावी रौनक

Kartik 24, 2074- The knife in national politics is always afterwards and the people of their place are not able to listen to the gifted shops at this time. Krishnabhikt Shrestha of Bhaktapur 4 says 'The lump is always dark under the light,' says Krishnavakta Shrestha of Bhaktapur 4, "The lumps of the capital feed from the vegetable to the milk, but the idea is always torn from the city." 

Remembering the heart of Krishna devotees as a reminder of Jogarmahar Shrestha, Jagannath Acharya and Mahesh Basit from the tumor in the national politics of about seven decades after the Rana regime ended. 'The knife should be changed now,' he says, 'it will always be followed by not being self-leadership'. Most of the villages in the tooth are not regular public transportation. 'Our way to make roads and drivers, our young people,' Tarkhal's tea shopkeeper in Dadhkot, was going on Thursday, 'We do not accept the leaders who do not develop.'

When the whole country is swearing to electoral festivals, the election campaign has not increased so far in the constituency of the capital valley. Neither candidates nor candidates have reached the candidates, nor the government employees with voter education programs. Local people have realized the heat of election from radio, tv and paperpapers. The role of social networks has also become extremely effective. The issue of growth ahead of the candidate is more interested in the issue than the political background of the candidate and the locals are more interested in determination.

Situated only a few miles away from the capital city, the Bhatghatta of the Kant region is like remote. After the earthquake, the water basins of the house are also dried. Due to which life has become more painful. In the past elections, candidates do not commit to facilitate roads and water. However, those commitments were defeated in election rallies. It has been working locally to raise awareness for the elections. These are the districts, Lalitpur, Lububaki Karuna Ghimire. 'I do not even feel like going to vote. But others do. At the time of election talk big. Later, nobody cares for them, 'Ghimire said, 'Anyone who wins will be nothing. Only to vote for your right to be voted. ' Voter's views are seen in the opinion that the candidates of the state, if voter education, and the bodies of the state to vote for the election, are not allowed to vote. They do not care much about party special and principles. The consciousness that the previous elected representatives did not fulfill their commitment remained in line with the entire voting process, even the 'Gulia' assurance was not developed. 'Do not give birth to the elderly until they do anything by winning. So only the guest went to the castle and returned, 'Ghimire said,' but rather than the one who does sweet things, he thinks he should work. '

There was also development in the priority of the Animal Breeding Office in Khumaltar, Shapramun, Godavari of Godavari, 64. KC said that the service to the elderly, hospital, patio, water facilities, school facilities, and elderly people, will be provided. How hard it is to do all these work at local level. But, if the above MPs do not initiate initiative, then there is no reason to do all these work from the local level. 'The son does not have a son, but after doing his own arm, can heal the son, and then his son is not happy.' KC said, 'Parliament should initiate the initiative for development.'

The biggest problem of this wave is the way, water and traffic. KC said that the road to be pitch is still similar. According to the KC, there should be no arrangement for the elderly to live in the hospital. When the issue is questioned by the MP, the local level addresses the local level, saying, "There is no such thing that if it comes from monitoring, there is no MP, that is the case," KC said, so that the person who does not work will be held in the election. Went to the principles, party and flag to hold. ' KC said that MPs should play role in making the lives of the people with development. Golvandada's price has reached Rs. 40. However, the farmer has not accepted, 'KC said.

Budidel 4 under Godavari municipalities has been operating tea galleries in Ghattekullo for ten years, Kumar Timilsina. Her shop is known as a fast-moving boutique for those sheep. He has a center of gathering of political activists from local meetings. Timilsina appears to be clear about candidate selection. Tillila said, 'Do not give up the assurance nor do you have any kind of assurance, "said Timilessa." Even the political issue, rather than the political issue, which moves ahead in a reliable manner, the same candidate and party should be chosen. "

Jamal Chaudhaga of Mahalakshmi Municipality, Lamatar, you do not even know about the candidates and their manifestations. No one has come to tell. It is only about 21 minutes to vote in Parliament. However, Yamuna also hopes that there is some improvement in the way of road and drinking water along with the election. Her interest is not even unusual. Lok Sabha of Lalitpur, locals have been suffering from lack of drinking water. Even if connected to the capital, there is a need to wait long for the water like in rural areas of remote districts. 'To make a road, and to bring water. What is the need of others and us? ' Jamuna did not listen

Sadhuram Acharya, 65, of Godavari Municipality 4, is well aware that roads and drinking water issues are more than the local level than the state and center. But, there is a logic that the local level will be run on the directives of MPs going to the center, who will not give up the agenda of development. Acharya, who has been casting votes since the Panchayat period, is not interested in the party and his date. 'The main thing is to choose who is like work. People will choose more than the party, Acharya said, 'Make a bathe, and make the arrangement of water which makes it easy.' Acharya stressed that in the upcoming election, if he did not develop according to commitment, in the meantime, he would not allow that candidate to vote in any case.

चुनाव जित्न ‘पारि’ कै भर

‘कहाँबाट कसरी त्यो बेला यो बिरानो ठाउँमा आइयो, अहिले सम्भिँmदा अचम्म लाग्छ,’ बाआमासहित २३ वर्षको उमेरमा यहाँ पुगेका गुरुङले भने, ‘अहिले र उहिलेको दोधारा आकाश र धर्तीजस्तो छ । जंगल फाँडेर बसेको बस्ती गुल्जार मात्र बनेको छैन, ठाउँठाउँमा बाटो–घाटो र विद्यालय खुलेका छन् । चुनावमा पनि यतैका मतदाता निर्णायक बन्न थालिसके ।’ 

जिल्लाको क्षेत्र ३ अन्तर्गत पर्छ, महाकालीपारिको दोधारा–चाँदनी । सुविधा थपिँदै गए । आवादी बढ्यो । हरेक चुनावमा उम्मेदवार दलबलसहित यहाँ पुग्छन् । निर्णायक ठाउँ भएकाले मतदातालाई अनेक आश्वासन दिन्छन् । तर, जितेपछि फेरि नफर्किने गरेको स्थानीयको गुनासो छ । महाकाली र जोगबुडा नदीमा पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग दोहोर्‍याउँदै आएका छन् । ‘पक्की तटबन्ध निर्माणपछि यहाँका बासिन्दा वर्षायाममा ढुक्कसँग निदाउन सक्थे,’ गुरुङले भने । यसअघि महाकाली किनारको केही क्षेत्रमा तटबन्ध निर्माण भए पनि त्यो पूर्ण नभएको र अहिले जीर्णसमेत बन्दै गएको छ ।
‘भोट माग्दै हिँडेका उम्मेदवारसँग हाम्रो पहिलो माग नै तटबन्ध हो,’ गुरुङले भने, ‘महाकालीमा बन्न लागेको पक्की पुल पनि निर्धारित समयमै पूरा गरेर दोधारा चाँदनीलाई बाँकी नेपालसँगको सडक यातायातसँग जोड्नुपर्‍यो ।’ उनी २०२५ देखि वडा सदस्य, वडाध्यक्ष हुँदै उपप्रधानपञ्चसम्म भए । वर्षायाममा रूखमा चढेर रात काटेका सम्झना ताजै छन् । त्यही भएर भेट्न आउने उम्मेदवारसँग उनी जोगबुढा र महाकाली नदीमा पक्की बाँधको मुद्दालाई जोडतोडका साथ राख्ने गर्छन् । 
‘हिउँद लागे यहाँ बस्न मन लाग्थ्यो, वर्खामा कसरी बस्ने भन्ने चिन्ता हुन्थ्यो,’ उनले भने, ‘अहिले पहिलाकै अवस्था नभए पनि बाँध पुरानो भएर बेला–बेला भत्किन्छ । महाकाली नदी बस्तीमा पसेर धन–जनको क्षति हुन्छ ।’ जोगबुढा नदीले पनि यसरी नै दु:ख दिइरहेको छ । हिउँदमा समेत कटान गर्छ । भारतले शारदा नहरको पानी जोगबुढा नदीमै छाड्ने गरेकाले हिउँदमा समेत कटान हुने गरेको हो ।
‘महाकाली किनारै किनार पक्की तटबन्धसँगै कालोपत्रे सडक बनाए मात्रै ढुक्कसँग बस्न सकिने अवस्था आउँछ,’ अर्का स्थानीय रामबहादुर श्रेष्ठले भने, ‘नेताहरूसँग बारम्बार भनिरहेका छौं ।’ पक्की तटबन्धसँगै भारु साट्नका लागि सटही केन्द्र वा बैंक स्थापनाको माग पनि स्थानीयले राखेका छन् । द्वन्द्वकालमा छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । अझै पुन:स्थापना हुन सकेको छैन । दैनिक आवश्यकताका वस्तु किनमेलदेखि औषधि उपचारका लागि भारत धाउनैपर्ने बाध्यता ज्युँका त्युँ छ । सीमावर्ती बजार जाँदा भारु आवश्यक पर्छ । हजार नेपाली नोट सटही गर्दा भारु ५ सय वा साढे ५ सयमा मात्रै चलाउने गरिन्छ । ‘कम्तीमा भारु नेरु सटहीको व्यवस्था त गर्नुपर्‍यो,’ श्रेष्ठले भने । 
एउटै वडाका उम्मेदवारबीच प्रतिस्पर्धा
अरू बेला खासै भीडभाड हुँदैन । चुनावका बेला यहाँ बेग्लै रौनक देखिन्छ । यसपटक क्षेत्र ३ को प्रदेश सभा (ख) का लागि वाम र लोकतान्त्रिक गरी दुवै गठबन्धनले स्थानीयलाई उम्मेदवार बनाएका छन् । त्यसैले पनि माहोल बढी तातेको छ । लोकतान्त्रिकबाट कांग्रेसका बेलबहादुर राना र वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार चुनावी प्रतिस्पर्धामा छन् । दुवैजना साबिकको दोधारा गाविसका पूर्वअध्यक्षसमेत हुन् । अहिलेको महाकाली नगरपालिका ७ मै दुवैजनाको घर छ ।
लामो समय कांग्रेसकै राजनीति गरेका राना र सुनार महाकालीपारिका चर्चित व्यक्तित्व हुन् । प्रदेशसभाका लागि एउटै वडाका व्यक्तिलाई उम्मेदवार बनाउँदा यहाँका मतदाता कसलाई भोट दिने भनेर अन्योलमा छन् । महाकालीपारिको क्षेत्रबाट मुख्य दलले उम्मेदवार बनाएको यो पहिलो पटक हो । ‘एउटै वडाका दुईजनालाई लडाएर माथिकाले खेलवाड गरेका छन्,’ गुरुङले भने, ‘अब यहाँका बासिन्दाले एकआपसमा मिलेरै काम गर्नेलाई जिताएर पठाउनुपर्छ ।’ 
महाकाली नदीवारि भीमदत्त नगरपालिकाका ७ वडा र महाकाली नगरपालिकालाई क्षेत्र ३ को प्रदेश (ख) मा राखिएको छ । महाकाली नगरपालिकामा २२ हजार ३ सय १५ र भीमदत्त नगरपालिकामा २२ हजार ५ सय ५३ मतदाता छन् । दुवै उम्मेदवार महाकालीपारिका भएकाले उनीहरूका लागि निर्णायक भीमदत्त नगरपालिका क्षेत्र रहने अनुमान छ । महाकालीवारिका मतदातालाई जसले रिझाउन सक्छ उसकै पक्षमा परिणाम आउने आकलन छ । स्थानीय तहको नतिजाअनुसार महाकाली नगरपालिकामा लोकतान्त्रिक गठबन्धन अगाडि छ । महाकाली वारिको भीमदत्त नगरपालिका क्षेत्रमा वाम गठबन्धन अगाडि छ ।
जहिल्यै निर्णायक
बहुदल आएपछि हालसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा दोधाराचाँदनी क्षेत्र निर्णायक रहँदै आएको छ । यहाँका मत जसले तान्न सक्छ, उसैले जित निकालेका थुप्रै उदाहरण छन् । त्यही भएर हरेक निर्वाचनमा उम्मेदवारहरू यहाँका मतदाता रिझाउन अनेक हतकन्डा अपनाउने गर्छन् । विकासका अनेक आश्वासनदेखि आर्थिक प्रलोभनसम्म दिने गरेको पाइन्छ । प्रतिनिधिसभाको क्षेत्र ३ का लागि यसपटक पनि महाकाली नगरपालिका नै निर्णायक हुने देखिन्छ । वेदकोट नगरपालिकाको ८ नम्बर वडासँगै भीमदत्त र महाकाली नगरपालिका मिलाएर बनाएको क्षेत्र ३ मा कुल मतदाता ८७ हजार १ सय २२ मध्ये २२ हजार ३ सय १५ मतदाता महाकाली नगरपालिकामा छन् । भीमदत्तमा ६२ हजार ४ सय ५४ र वेदकोट ८ मा २ हजार ३ सय ५३ मतदाता छन् ।


प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश लेखक र वाम गठबन्धनबाट एमालेका दीपकप्रकाश भट्ट दुवै महाकालीवारिका भएकाले पारिको मत निर्णायक हुने देखिन्छ । लेखक यसअघि दुई पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका छन् । भट्ट यहाँका मतदाताका लागि नयाँ अनुहार हुन् । त्यही भएर दुवै उम्मेदवारले महाकालीपारिका मत कसरी तान्ने भनेर कसरत थालिसकेका छन् । 

Wednesday, 8 November 2017

खै कता गयो तिमीले गरेको बाचा कसम gajal sandeh nepal गजल सन्देह

हर खुसीमा सामेल हुन्छु भन्थेयो ।
तिम्रो दु:खमा सधैं साथ् दिन्छु भन्थेयो ।।
खै कहाँ गयो तिमिले गरेको बाछ कसम ।
रुदा तिमी संगै रुन्छु भन्थेयो ।।
कति थियो है हाम्रो  ईच्छा अनि चाहानाहरु ।
सिमा नै रहेन अब सपनाहरू बुन्छु भन्थेयो ।।
हर खुसीमा सामेल हुन्छु भन्थेयो
तिम्रो दु:खमा सधैं साथ दिन्छु भन्थेयो


https://www.facebook.com/Gajasandeh/

Nepali gajal sandeh Nepal
 Date : 2017
 Time: 04 pm 
Wednesday 

Place like comment & share 

I am grateful for your advice

http://www.nicasiabank.com/

Wednesday, 1 November 2017

How to login facebook without 📧 email or phone number नेपालीमा



If you forget your facebook passwort or
facebook id Now do not worry and do not worry you can change your facebook id orpassword place follow
This is rolls thank you so much
watching this video



यदि तपाईं फेसनको पासपोर्ट बिर्सनु भयो या
ईडि बिर्सनु भयो बने अब चिन्ता नगर्नुहोस् किनकि 
अब हामी तपाईलाई कसरी अन गर्ने भन्ने बिषयमा
सिकाउन गइरहेको छु भिडियो हेरे पछि लाईक कमेन्ट
र कस्तो लागेउ प्रक्रिया पनि दिनु होला त कि फेरि पनि
हजुरहरुको सामु अझै नयाँ नयाँ भिडियो हरु ल्याउन साकँु 



पक्कै पनि हजुरहरुले सिक्ने छ,,/नबुझेको खण्डमा
बने प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नुहोला
प्राय नजानेका मित्रहरूको लागी यो ट्रीकमान
रहेको छ,,/ धन्यवाद ,,,||
How to login facebook without
Email or phone number
how to login facebook
if you forget your passwort
How to hack facebook account
How to Recover a facebook passwort
on a mobile how to login
facebook Email or phone number
From PHT Nepal
Googel https://youtu.be/CAXRGku3HAE

कार्तिक २४, २०७४-राष्ट्रिय राजनीतिमा काँठ सधैं पछि परेको र आफ्ना ठाउँका मानिसले अवसरै नपाएको गफ

कार्तिक २४, २०७४-राष्ट्रिय राजनीतिमा काँठ सधैं पछि परेको र आफ्ना ठाउँका मानिसले अवसरै नपाएको गफ काँठका पसलहरूमा यतिबेला जतै सुन्न पाइन्छ । ‘...